गण्डक पावर हाउस मर्मतको लागि सरकारले पहल नगर्दा मासिक ८ करोड भन्दा बढी घाटा
परासी । गण्डक पावर हाउस मर्मतको अभावमा मासिक ८ करोड २८ लाख रुपैयाँ रकम घाटा हुँदै आएको छ । पश्चिमी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ७ स्थित स्थापित गण्डक जल विद्युत केन्द्र सूर्यपुराको २ वटा टरवाईन लामो समयदेखि बिग्रेकाले मर्मतको अभावमा मासिक ८ हजार २८९ मेगावाट बिजुली बराबरको अर्थात मासिक ८ करोड २८ लाख रुपैयाँ बराबरको घाटा हुँदै आएको हो ।
१५ मेगावाट विद्युत् उत्पादन क्षमतावान् रहेको उक्त पावर हाउसमा ५/५ मेगावाटको ३ वटा टरवाईन जडान गरिएको छ । जसको म्याद २५ वर्ष रहेपनि जडान भएको ४४ वर्ष भइसकेको छ । उक्त पावर हाउसमा जडित टरवाईन नम्बर १ पूर्ण रूपले ध्वस्त भैसकेको छ भने टरवाईन नम्बर ३ पनि अहिले बिग्रेर उत्पादन बन्द रहेको अवस्थामा छ । यतिबेला टरवाईन नम्बर २ मात्र सञ्चालनमा छ, जसबाट ५ मेगावाट विद्युत् उत्पादन हुनु पर्नेमा नहरमा पानीको अभाव र टरवाईनको वृहद मर्मत हुन नसकेकाले हाल ३.५ मेगावाट मात्र विद्युत् उत्पादनमा झरेको विद्युत् केन्द्रले जनाएको छ । प्रति घण्टा १५ मेगावाट विद्युत् उत्पादन हुनुपर्ने ठाउँमा ३.५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेकाले मासिक ८ करोड २८ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ जुन तथ्याङ्कले वार्षिक ९९ करोड ३६ लाख रुपैयाँ घाटा भइरहेका देखाउँछ ।
नेपाल भारतको गण्डक सम्झौता अन्तर्गत भारत सरकारले जिल्लाको गण्डक कमान्ड क्षेत्र साविकको सुर्यपुरा गाविसमा सो विद्युत् उत्पादन केन्द्र निर्माण गरेको थियो । सन १९६६ सालमा शुरु भएको पावर हाउस प्रोजेक्ट सन १९७९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो । भारत र नेपालको सम्झौता अनुसार पावर हाउस १९८१ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । २५ वर्षमा मर्मत गर्नु पर्ने पावर हाउसलाई अहिले ४४ वर्ष पुग्दा पनि मर्मत गरी सञ्चालन गरिँदै आइएको छ । जीर्ण भैसकेको पावर हाउसलाई जसोतसो मर्मत र टालटुल गरी सञ्चालन गरिँदै आइएको केन्द्रले जनाएको छ । टरवाईन ३ सञ्चालनमा निरन्तर समस्या आइरहने गर्दा विद्युत् उत्पादन बढाउन पनि सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण