माछापोखरी घटना निष्पक्ष छानबिन हुन्छ, दोषीलाई कारबाही गर्छौँ– प्रजिअ उपाध्याय
काठमाडौँ । बालाजुस्थित नयाँ बसपार्क र माछा पोखरीमा भएको घटना स्थानीय प्रशासनले छानबिन गर्ने भएको छ । नयाँ बसपार्क भित्रको घटना र यातायात मजदुरले माछा पोखरीमा गरेको प्रदर्शनमा भएका अवाञ्छित गतिविधि छानबिन गरिने काठमाडौँका सिडिओ घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।
ल्होत्से बहुउद्देश्यीय प्रालिको व्यवस्थापनमा रहेको नयाँ बसपार्कमा सोमबार यातायात मजदुरले कार्यक्रम गर्न खोज्दा ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवर सहितले आक्रमण गरेपछि झडपको अवस्था आएको मजदुर सङ्गठनहरूले जिकिर गरेका छन् । आफ्ना १० बुँदे मागबारे जानकारी गराउन कार्यक्रम गर्न खोजिएको मजदुर सङ्गठनहरूले बताएका छन् ।
फागुन १ मा माछा पोखरीमा मजदुरहरूले गरेको प्रदर्शनको क्रममा प्रहरीको दुई वटा गाडी जलेका छन् । ल्होत्से मलको मोबाइल पसल आन्दोलनकारीले लुटेका छन् । प्रदर्शनमा इन्स्पेक्टर शेर बहादुर बस्नेत सहित १७ जना प्रहरी घाइते भएका छन् । कुटपिट र आगजनीबारे छानबिन गरिने प्रजीअ उपाध्यायले जानकारी दिए । उनी भन्छन्–‘बसपार्क भित्रको घटना र माछा पोखरीको घटना निष्पक्ष छानबिन हुन्छ, कुटपिट र आगजनीमा संलग्न जो भए पनि कारबाही हुन्छ ।’
गाडी आगजनी, प्रहरीमाथिको आक्रमण र मोबाइल लुटबारे काठमाडौँ प्रहरीले छानबिन गर्ने प्रमुख जिल्ला अधिकारीले बताए ।
मङ्गलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि मजदुर सङ्गठनहरूले उपत्यकामा सार्वजनिक सवारी नचलाउने निर्णय फिर्ता लिएका छन् । उप–प्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकपछि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले आन्दोलनको कार्यक्रम फिर्ता लिने बताएका हुन् ।
यातायात क्षेत्र सुधार समिति पहिले नै बनेको हुनाले सो समितिको प्रतिवेदेनका आधारमा थप सुधार गरिने सरकार र यातायात मजदुर संगठनबीच सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण