खेलकुद
एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको पहिलो शतक
मङ्गलबार, ०२ फागुन २०७९, १६ : ४०
काठमाडौं । कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ९९ बल खेल्दै ९ चौका र ४ छक्काको सहयोगमा १०० रन बनाए ।
कुशल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।
यसअघि रोहितकुमार पौड्यल, पारस खड्का र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए ।
नेपालले ४१ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २२९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण