शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजु घटनाबारे एमाले सांसदले मागे गृहमन्त्रीको जवाफ

बुधबार, ०३ फागुन २०७९, १२ : ०४
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले सोमबार बालाजुमा भएको लुटपाट र आगजनीबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद सूर्य थापाले घटनामा के भएको हो भन्दै घटनाबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।

‘बालाजुको गाेगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो ? गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्दछु । सदन बेखवर बस्न मिल्दैन’, सांसद थापाले सभामुखमार्फत ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप