पार्टी कार्यालयका लागि जनमतले माग्यो कर्मचारी
काठमाडौँ । जनमत पार्टीले आफ्नो पार्टी कार्यालयका लागि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आव्हान गरेको छ ।
केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि विज्ञापन निकालेको सो पार्टीका उपाध्यक्ष दीपक साहले बताए । जसपाले काठमाडौँसहित विभिन्न जिल्लाका लागि २५ जना कम्प्युटर अपरेटर माग गरेको छ । काठमाडौँका लागि चार जना अनुसन्धानकर्ता, कन्टेन्ट राइटर (लेखक) दुई जना, काठमाडौँका लागि प्रोग्रामर, एप डेभलपर दुई जना माग गरेको छ ।
पार्टी सरकारमा गएपछि जनताले जनमत पार्टीसँग ठुलो अपेक्षा गरेको छ । ती अपेक्षाहरु पूरा गर्नका लागि पार्टीले दिन रात काम गर्नुपर्ने हुन्छ, त्यसका लागि जनशक्ति चाहिने भएकाले यसरी विज्ञापन गरिएको हो, उनले भने । पार्टीले केही नकेही गर्ने चुनौती थपिएको बताउँदै उनले आफूहरु त्यसका लागि गम्भीर रुपमा लागेको बताए । यसमा पार्टीभित्र वा बाहिरका व्यक्तिले पनि फर्म भर्न सकिने उनले बताए ।
जनमत पार्टी आम चुनावमा भाग लिँदा १० लाखलाई रोजगारी दिलाउने घोषणा गरेको थियो । रोजगारी सृजना गर्नका लागि जनमत पार्टी प्रयासरत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण