शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालयका लागि जनमतले माग्यो कर्मचारी

बिहीबार, ०४ फागुन २०७९, १२ : ०५
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । जनमत पार्टीले आफ्नो पार्टी कार्यालयका लागि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आव्हान गरेको छ ।

केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि विज्ञापन निकालेको सो पार्टीका उपाध्यक्ष दीपक साहले बताए । जसपाले काठमाडौँसहित विभिन्न जिल्लाका लागि २५ जना कम्प्युटर अपरेटर माग गरेको छ । काठमाडौँका लागि चार जना अनुसन्धानकर्ता, कन्टेन्ट राइटर (लेखक) दुई जना, काठमाडौँका लागि प्रोग्रामर, एप डेभलपर दुई जना माग गरेको छ ।

पार्टी सरकारमा गएपछि जनताले जनमत पार्टीसँग ठुलो अपेक्षा गरेको छ । ती अपेक्षाहरु पूरा गर्नका लागि पार्टीले दिन रात काम गर्नुपर्ने हुन्छ, त्यसका लागि जनशक्ति चाहिने भएकाले यसरी विज्ञापन गरिएको हो, उनले भने । पार्टीले केही नकेही गर्ने चुनौती थपिएको बताउँदै उनले आफूहरु त्यसका लागि गम्भीर रुपमा लागेको बताए । यसमा पार्टीभित्र वा बाहिरका व्यक्तिले पनि फर्म भर्न सकिने उनले बताए ।


जनमत पार्टी आम चुनावमा भाग लिँदा १० लाखलाई रोजगारी दिलाउने घोषणा गरेको थियो । रोजगारी सृजना गर्नका लागि जनमत पार्टी प्रयासरत छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप