आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एयर इन्डियाले अमेरिकी बोइङसँग २२० वटा विमान खरिद गर्ने, १० लाख रोजगारीको सिर्जना हुने

बिहीबार, ०४ फागुन २०७९, १४ : १०
बिहीबार, ०४ फागुन २०७९

काठमाडौं । टाटा ग्रुपको स्वामित्वमा रहेको एयर इन्डियाले अमेरिकाको चर्चित एयर क्राफ्ट निर्माता बोइङसँग २२० वटा विमान खरिद गर्ने भएको छ । बुधबार एक कार्यक्रमकाबीच एयर इन्डिया र बोइङबीच ऐतिहासिक सम्झौता भएको हो । 
सम्झौता अनुसार ३४ अर्ब अमेरिकी डलरमा बोइङले एयर इन्डियालाई जहाज उपलब्ध गराउनेछ । यद्यपि, थप ५० वटा विमान समेत खरिद गर्न सक्ने विकल्प खुल्ला राखिएकोमा ४५ अर्ब रुपैयाँ बराबरको व्यवसायिक साझेदारी हुन सक्ने बताइएको छ ।

यस्तो सम्झौता लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्दै अमेरिकाका राष्ट्रपति जो बाइडेनले ऐतिहासिक सम्झौताले अमेरिकामा थप १० लाख नयाँ रोजगारीको सिर्जना हुने बताए । २२० वटा विमान निर्माणमा अमेरिकाको ४४ वटा राज्यबाट झण्डै १० लाख श्रमिकले रोजगारी पाउने उनले बताए ।

सोही अवसरमा राष्ट्रपति बाइडेनले भारत र अमेरिकाबीचको सम्बन्धलाई निकै लामो रहेको बताउँदै यस सम्बन्धलाई अझ प्रगाढ बनाउन आफु तयार रहेको समेत बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप