आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति समाजको देशव्यापी अभियान सुरु

शुक्रबार, ०५ फागुन २०७९, १३ : २३
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ ।  मानव अधिकार तथा शान्ति समाज नेपालले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा लगायतका विषयमा केन्द्रीय रही देशव्यापी अभियान सुरु गरेको छ । समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले शुक्रबार एक विज्ञप्ति जारी सो अभियान सुरु गरिएको जानकारी दिएकी हुन् । 

सोही क्रममा गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा : सबैको अधिकार, महिला अधिकार : मानव अधिकार, विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृति लगायतका विषयमा केन्द्रीत रहेर प्रदेश १ का ८ वटा जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रम माघ २४ गतेदेखि फागुन १ गतेसम्म आयोजना गरिएका थिए ।

त्यस्तै समाजले दोस्रो र तेस्रो चरणमा ३५ जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताएको छ ।  यसैगरी माघ २८ गते टर्की र सिरियामा हालै आएको भूकम्पका कारण जीवन गुमाउने हजारौ नागरिकप्रति समाजले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप