शान्ति समाजको देशव्यापी अभियान सुरु
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज नेपालले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा लगायतका विषयमा केन्द्रीय रही देशव्यापी अभियान सुरु गरेको छ । समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले शुक्रबार एक विज्ञप्ति जारी सो अभियान सुरु गरिएको जानकारी दिएकी हुन् ।
सोही क्रममा गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा : सबैको अधिकार, महिला अधिकार : मानव अधिकार, विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृति लगायतका विषयमा केन्द्रीत रहेर प्रदेश १ का ८ वटा जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रम माघ २४ गतेदेखि फागुन १ गतेसम्म आयोजना गरिएका थिए ।
त्यस्तै समाजले दोस्रो र तेस्रो चरणमा ३५ जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताएको छ । यसैगरी माघ २८ गते टर्की र सिरियामा हालै आएको भूकम्पका कारण जीवन गुमाउने हजारौ नागरिकप्रति समाजले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण