शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘म भए ठाउँ आउनुहोस्, मलाई गाली गर्नुहोस्’ मामा गोविन्दासँग फिल्मी प्याचअप चाहन्छन् कृष्णा

शुक्रबार, ०५ फागुन २०७९, १४ : २४
शुक्रबार, ०५ फागुन २०७९

बलिउड अभिनेता गोबिन्दा र उनका भान्जा कृष्णा अभिषेक धेरैजसो समाचारमा छाइरहन्छन् । मामा– भान्जाबीचको झगडा कोहीसँग लुक्न सकेको छैन । कृष्णाले एक पटक पुनः मामा गोबिन्दा बारे बोलेका छन् । 

गोबिन्दासँग प्याचअप चाहन्छन् कृष्णा

एक समय यस्तो थियो जब कृष्णा अभिषेक र गोबिन्दाको सम्बन्ध निकै विशेष थियो । मामा– भान्जाबीचको प्रेम असाध्यै प्रगाढ थियो । तर उनीहरुबीच अचानक झगडा भयो र यो छताछुल्ल पोखियो । कृष्णा निकै अघिदेखि मामा गोबिन्दासँग माफी मागिरहेका छन् र झगडा अन्त्य गर्न आग्रहसमेत गरिरहेका छन् ।

इन्डियन एक्सप्रेससँगको कुराकानीमा कृष्णाले गोबिन्दाको विषयमा भने, ‘म प्रतीक्षा गरिरहेको छु । म भए ठाउँ आएर मलाई गाली गरेको र हामीबीच सबै कुरा ठिक भएको दिन कहिले आउला भनेर । ’ कृष्णा आफ्नो र मामा गोबिन्दाको भावनात्मक पुनर्मिलन होस् । कृष्णा भन्छन्, ‘जसरी ‘कभी खुसी कभी गम’ मा जया बच्चन र शाहरुख खानको पुनर्मिलन भएको थियो । त्यसरी नै केही होस् । हामी कतै न कतै भेट्नेछौँ । म यसका लागि प्रतीक्षा गरिरहेको छु ।’

कृष्णा थप्छन्, ‘उनी मेरा मामा हुन् । मलाई थाहा छ, आज नभए पनि भोलि त हामी एक हुनेछौँ । मेरो सधैँ यो मान्यता छ कि रगत पानीभन्दा गाढा हुन्छ । यसमा हामीलाई पुनः मिलन गराउने शक्ति छ ।’

दुबईमा भेटिएका थिए गोबिन्दा

कुराकानीको क्रममा कृष्णालाई त्यो समय पनि याद आयो जब गोबिन्दाले उनलाई दुबईको एक मलमा भेटेका थिए । कृष्णा भन्छन्, ‘एक पटक म सपिङ गरिरहेको थिएँ, त्यति नै बेला पसलेले गोबिन्दा मामा पनि त्यहाँ नै हुनुहुन्छ भनेर जानकारी दिए । मैले उनलाई देखेँ र फिल्मी सीनमा जस्तै म स्लो मोसनमा उनीतर्फ अघि बढेँ । त्यति नै बेला मेरी माइजू (सुनिता आहुजा) त्यहाँ आउनुभयो ।’

गोबिन्दाकी श्रीमती सुनिता आहुजाको विषयमा उनले भने, ‘उहाँ मेरी आमा जस्तै हुनुहुन्छ । उहाँलाई रिसाउने पूर्ण अधिकार छ । ’ उनी थप्छन्, ‘म ८–९ वर्षसम्म उहाँसँगै बसेँ । मलाई विश्वास छ एक दिन पुनः सबै कुरा ठिक हुनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप