समग्र बिदाको विषय भदौसम्ममा पुनरावलोकन गरिने
काठमाडौँ । सरकारले पृथ्वीजयन्ती र जनयुद्ध दिवसमा बिदा दिनेसहितका समग्र बिदाको विषय भदौसम्ममा पुनरावलोकन गर्ने भएको छ । अर्को वर्षका लागि क्यालेण्डर छापिसक्ने अवस्था भइसकेकाले आउने भदौसम्ममा पुनरावलोकन गर्ने र समग्र बिदालाई व्यवस्थित गर्ने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बिहीबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शर्माले भनिन्, ‘२०८० सालको क्यालेण्डर निर्माण गर्ने सन्दर्भमा बिदाका विषयमा के गर्ने भन्ने छलफल भएको थियो, मन्त्रिपरिषद् भित्रको प्रशासन समितिमा पनि छलफल भएको थियो । त्यहाँ हामीले पुनरावलोकन गर्नुपर्छ भन्ने पनि एउटा विचार छ । तत्काल क्यालेण्डर छापिसक्ने अवस्था भइसकेको अवस्थामा आउने भदौ सम्ममा पुनरावलोकन गर्ने र समग्र बिदालाई व्यवस्थित गर्ने भन्ने निर्णयसँगै अहिले यस पटक भइराखेका बिदामा २ वटा बिदा थप गरेर बिदा दिने सम्बन्धी गृहको प्रस्तावलाई स्वीकृत गरिएको छ ।’
उनले यही वर्षका लागि थपिएका दुई बिदामध्ये पृथ्वी जयन्ती र जनयुद्ध दिवस रहेको जानकारी दिइन् । सरकारले पुस १७ गते पृथ्वीजयन्तीमा बिदा दिएको थियो भने फागुन १ मा जनयुद्ध दिवसको अवसरमा बिदा दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण