आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

समाचार चोरेर अनलाइन चलाउनेले पत्रकारिताको विकल्प खोजे हुन्छ : अध्यक्ष बस्नेत

शुक्रबार, ०५ फागुन २०७९, १९ : १८
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामाग्री दिननसक्ने अनलाइन सञ्चारमाध्यम टिक्न नसक्ने बताएका छन् ।

अध्यक्ष बस्नेतले अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामाग्री देखिन छाडेको बताए ।

उनले भने, ‘मौलिक र खोजमूलक समाचार नहुनु अल्छीपना हो । अन्य माध्यमको समाचार हुबहु सारेर वा अल्छी गरी जबरजस्ती अनलाइन चलाउनु राम्रो होइन । बरु विकल्प खोज्नु राम्रो हुन्छ ।’

अध्यक्ष बस्नेतले विभिन्न व्यवसाय गर्ने र त्यसलाई सजिलो पार्न अनलाइन समाचार माध्यम खोल्ने प्रवृत्तिको कटाक्ष गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप