लागुऔषध बेचबिखनमा संलग्न गिरोह पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध बेचबिखनमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने २५ वर्षीय सञ्जय गुरुङ उर्फ ‘प्रशान्त’लाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा गिरोह नै नियन्त्रणमा लिएको इन्स्पेक्टर ज्ञान खड्काले बताए ।
प्रशान्तको साथबाट प्रहरीले २ एमएल लेखिएको डाइजापाम २०, फेनारगन २३, बुफ्रिन २९ एम्पुल गरी जम्मा ७२ एम्पुल लागुऔषध फेला पारेको इन्स्पेक्टर खड्काले बताए । प्रशान्तलाई पक्राउ गरेर अनुसन्धान गर्दा जाँदा बेचबिखनमा संलग्न गिरोह नै नियन्त्रणमा परेको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा पोखरा २५ हेम्जा बस्ने ३६ वर्षीय पवन थापाको साथबाट डाइजापाम ७, लेखेको फेनारगन ७, लेखेको नुफिन ७ एम्पुल गरी २१ एम्पुल लागुऔषध बरामद भएको खड्काले बताए । ‘उहाँको साथबाट सेतो प्लाष्टिकमा पोको पारि राखेको लागू औषध हिरोइन जस्तो देखिने सेतो धुलो ०.४० मिली ग्राम बरामद भएको छ,’ इन्स्पेक्टर खड्काले भने ।
उक्त अनुसन्धानमा २२ वर्षीय अनिष श्रेष्ठ पनि पक्राउ परेका छन् । अनिषको साथबाट रातो फाइबरको झोला भित्र लुकाइ राखेको ३४, फेनारगन ३४,नुफिन ३४ एम्पुल गरी जम्मा १०२ एम्पुल फेला पारी बरामद गरिएको इन्स्पेक्टर खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण