सुदर्शन र सुप्रियालाई पुत्रलाभ
आइतबार, ०७ फागुन २०७९, ०८ : ३९
काठमाडौँ । निर्देशक सुदर्शन थापालाई पुत्रलाभ भएको छ । उनकी श्रीमती अभिनेत्री सुप्रिया कटुवालले शनिबार फन्टलाई अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।
छोरा जन्मिएको खुसी निर्देशक थापाले सामाजिक संजालबाट शेयर गर्दै उनको नाम प्रियदर्शन थापा रहने समेत जनाएका छन् ।
थापा र कटुवालले गत वर्ष असोजमा प्रेमविवाह गरेका थिए । त्यस अगाडि भदौंमा सुदर्शनको जन्मदिनको अवसर पारेर दुवैको इन्गेजमेन्ट भएको थियो । सुप्रिया पछिल्लो समय एपीवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । उनले फिल्म ‘साढे ७’ पनि अभिनय गरेकी छन् । थापाले ‘चंखे शंखे पंखे’, ‘मधुमास’, ‘प्रेमगीत’ लगायत दर्जन बढी फिल्म निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण