शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा बस दुर्घटना : यी हुन् ५३ घाइते

आइतबार, ०७ फागुन २०७९, २१ : १६
आइतबार, ०७ फागुन २०७९

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ लेखनाथमा माइक्रो बस दुर्घटना हुँदा ५३ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट आउँदै गरेको १ ख ६७४७  नम्बरको माइक्रो बस वडा प्रहरी कार्यालय नजिकै दुर्घटना परेको थियो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञान खड्काका अनुसार १६ जनाको डिस्चार्ज भएका छन् । घाइतेमध्ये २४ जना पोखरा विश्वविद्यालयका विद्यार्थी रहेका प्रहरीले जनाएको छ। 

डाईभरले ब्रेक फेल भनेपनि लापरबाही भएको प्रहरीले जनाएको छ । ‘डाईभरलाई हामीहरूले नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान जारी छ,’  खड्काले भने । 

घाइतेमध्ये अधिकांश महिला र किशोरी छन् । गम्भीर घाइते ४÷५ जना भएको इन्स्पेक्टर खड्काले बताए । घाइतेहरूको गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यी हुन् घाइते

१. बर्दिया घर भएकी चितवन बस्ने २५ वर्षीय पवित्र वैद्य,

२. स्याङ्जा घर भएकी पोखरा बस्ने २२ वर्षीय की सुजिता रेग्मी,

३. पोखरा–१६ बस्ने २७ वर्षीय अर्चना बस्नेत,  

४. पोखरा १८ बस्ने २२ की एलिसा गोतामे,  

५. रुपन्देही घर भएकी २४ वर्षीय ममता न्यौपाने,  

६. पोखरा ५ पर्स्याङ बस्ने २२ वर्षीय स्विकृती पोखरेल,  

७. पोखरा–७ बस्ने २३ वर्षीय सुगम पौडेल 

८. पोखरा ११ बस्ने २४ वर्षीय निशा पुन,  

९. ऐ.ऐ. बस्ने २३ वर्षीय अमिसा थापा,  

१०. रुपन्देही बस्ने २३ वर्षीय सोनाली बानिया,  

११.काठमाडौँ बस्ने ६९ वर्षीय रामकला खड्का,  

१२.ऐ.ऐ. बस्ने २९ वर्षीय ईन्दु खड्का,  

१३.ऐ.ऐ. बस्ने २१ वर्षीय सुशान्त खड्का,  

१४.रुपन्देही बस्ने २५ वर्षीय ममता न्यौपाने 

१५.ऐ.ऐ. बस्ने २३ वर्षीय अविना पुन मगर,  

१६.चितवन बस्ने २८ वर्षीय सुजता कौशल,  

१७.पोखरा ३० बस्ने १२ वर्षीय सचिता गुरुङ,  

१८.ऐ.ऐ. बस्ने ६५ वर्षीय सुनसरी गुरुङ,  

१९.ऐ.ऐ. बस्ने ४ वर्षीय ममता गुरुङ,  

२०.स्याङ्जा बस्ने २५ वर्षीय विनिता राना,  

२१.रुपन्देही बस्ने २५ वर्षीय सविता गोतामे 

२२.स्याङ्जा बस्ने २२ वर्षीय प्रभा पोखरेल,

२३.रुपन्देही बर्ष २५ वर्षीय गौरव न्यौपाने, 

२४. ऐ.ऐ. बस्ने २४ वर्षीय ईश्वर पाण्डे, 

२५. ऐ. तिलोत्तमा ७ बस्ने २४ वर्षीय सुनिल थारु,  

२६.ऐ.ऐ. बस्ने २४ वर्षीय मनिषा पाण्डे,  

२७. कास्की अन्नपुर्ण ६ बस्ने वर्षीय १५ को सहिल गुरुङ,  

२८. चितवन बस्ने २५ वर्षीय सिता अधिकारी,  

२९.ऐ.ऐ. बस्ने २ वर्षीय रियाज अधिकारी,  

३०. ऐ. १४ बस्ने ३१ वर्षीय सिता बास्तोला,  

३१.ऐ. १४ बस्ने २४ वर्षीय पुष्पा अधिकारी,  

३२.रुपन्देही देवदह– १० बस्ने २४ वर्षीय प्रकृती रिजाल,  

३३.ऐ.ऐ. बस्ने २० वर्षीय गरिमा न्यौपाने,  

३४.चितवन १० बस्ने २४ की कल्पना खत्री,  

३५. ऐ.ऐ. बस्ने २९ वर्षीय सुमन थापा,  

३६. कास्की मादी ८ बस्ने ५५ वर्षीय लिला अधिकारी,  

३७. पोखरा–३ बस्ने २५ वर्षीय नम्रता अधिकारी,  

३८.पोखरा ११ बस्ने २४ वर्षीय निशा पुन,  

३९.काठमाडौँ बस्ने ५६ वर्षीय प्रमोद दाहाल,  

४०. ऐ.ऐ. बस्ने २४ वर्षीय आज्ञा दाहाल,  

४१. ललितपुर–२४ बस्ने २४ वर्षीय रोजिना कार्की,  

४२. काठमाडौँ बस्ने बर्ष २० वर्षीय ईषा भुजेल,  

४३. तनहुँ घर भई पोखरा बस्ने ४० वर्षीय जौमाया गुरुङ,

४४. नवलपुर गैडाकोट २ बस्ने २४ वर्षीय बिदुर न्यौपाने,  

४५. रुपन्देही मायादेवी ८ बस्ने २५ वर्षीय संगिता क्षेत्री,  

४६. ऐ.ऐ. बस्ने २३ वर्षीय सचिन केसी,  

४७. पोखरा १३ बस्ने १५ वर्षीय सुदिप गिरी,  

४८. नवलपरासी सुनवल ४ बस्ने २५  वर्षीय अनिषा चौधरी,  

४९. पोखरा ६ लेकसाईड बस्ने २४ वर्षीय अस्मिता अधिकारी कोइराला,  

५०. ऐ.१३ बस्ने ३५ वर्षीय सावित्री अधिकारी गिरी,  

५१. ललितपुर १९ कुमारी पाटी बस्ने २४ वर्षीय नशल्प बज्रचार्य,  

५२.चितवन रत्ननगर–८ टाढी बस्ने ३४ वर्षीय सागर पौडेल,  

५३. चितवन रत्ननगर–८ टाडी बस्ने २७ वर्षीय शोभा सापकोटा,  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप