नागरिकका जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नु पालिकाको पनि दायित्व हो : अध्यक्ष चुमान
काठमाडौँ । सम्पूर्ण नागरिकलाई बीमाको पहुँचमा ल्याएर जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नु पालिकाको पनि दायित्व रहेको आाँबूखैरेनी गाउँपालिका तनहुँका अध्यक्ष शुक्र चुमानले बताएका छन् ।
फागुन ७ गते नेपाल बीमा प्राधिकरणको आयोजनामा पालिकामा भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चुमानले सबै नागरिकहरुको पहुँचमा बीमा पु¥याउन केन्द्र, प्रदेश र स्थानीय सरकार नै लाग्नुपर्ने बताए ।
बीमाका लागि तीनै तहका सरकारले नीति तथा कार्यक्रम नै बनाएर जानुपर्ने बताए ।
सोही अवसरमा अध्यक्ष चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आबद्ध गर्न र विपन्न वर्गको बीमाका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै, उनले बीमा कम्पनीहरुलेगाउँपालिकामा आएर बीमा गराउन ध्यान नदिएको गुनासो समेत गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुति गर्दै नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई समावेश गर्न र सबैको दुर्घटना बीमा गर्न गाउँपालिकासँग आग्रह गरे ।
कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्ले, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, अगुवा कृषक र संचारकर्मीहरु लगायत गरी करिब ९५ जनाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण