शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मिस्टर, मिस एन्ड मिसेस नेशनल आयोजना हुने

मङ्गलबार, ०९ फागुन २०७९, १२ : ३९
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस्टर, मिस एन्ड मिसेस नेशनल २०२३’ आयोजना हुने भएको छ । कराओके इन्टरटेनमेन्टले राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवा, युवती र विवाहित महिलाको प्रतिभा निखार्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।

कराओके इन्टरटेनमेन्टका संस्थापक अध्यक्ष खगेश रञ्जितले युवा, युवती र महिलामा लुकेको प्रतिभा प्रस्फुटन गरी राष्ट्रलाई विश्वमा चिनाउन यो प्रतियोगिता गर्न लागेको बताए ।

पूर्वकुमारी तथा सङ्गीतकर्मी मिस नेसनल समिता बज्राचार्यको कोरियोग्राफी रहने प्रतियोगिताको तालिम कोरिएन बार्बेक्यु, भनिमण्डल ललितपुरमा हुनेछ ।  होटल यलो प्यागोडामा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताको  प्रतियोगीलाई ग्रुमिङ्ग सेसन रोजिन शाक्यले गराउनेछन् भने अन्य विभिन्न विधाको विज्ञबाट पनि तालिम दिइनेछ ।

प्रतियोगिताका विजेताले उपाधिको साथमा विभिन्न अवसर पुरस्कारको रूपमा प्राप्त गर्ने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप