पोखरामा विस्फोटक पदार्थ खेलाउँदा दुई बालक घाइते
मङ्गलबार, ०९ फागुन २०७९, १९ : ४९
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ ठूलढुंगाका दुई जना बालक घाइते भएका छन् । वनमा भेटाइएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ज्ञान खड्काले बताए ।
उनका अनुसार १३ वर्षीय सविन तामाङ र १५ वर्षीय माइकल चौधरी घाइते भएका हुन् ।
वनमा भेटाएको विस्फोटक पदार्थलाई घरमा लगेर किला ठोक्दा पड्किएको इन्स्पेक्टर खड्काले बताए । दुवै बालकको हात र खुट्टामा चोट लागेको छ । घाइते उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण