यू–१९ टिमले विश्वकप खेल्नेमा विश्वस्त छु : प्रशिक्षक टमटा
काठमाडौँ । नेपाली यू–१९ टोलीका मुख्य प्रशिक्षक जगत टमटाले नेपाली यू–१९ टोली अहिले विश्वकपमा छनोट हुने कुरामा आफू विश्वस्त भएको बताएका छन् । बुधबार यूएई जाने टोलीलाई बिदाइ पछि बोल्दै प्रशिक्षक टमाटाले सबै टोलीलाई पछि पार्दै नेपालले विश्वकप खेल्ने उनले बताएका हुन् ।
उनले अहिले बनेको टिम सन्तुलित भएको र उनीहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘अहिले बनेको नेपाली टोली सन्तुलित छ । प्रदेशसँगै राष्ट्रिय टोलीमा खेलेका खेलाडीहरूले टिम बलियो बनेको छ । त्यसैले पाँचै देशलाई हराउँदै हामी विश्वकप खेल्ने कुरामा विश्वस्त छु,’ टमाटाले भने ।
टमटाको प्रशिक्षकत्वमा नै नेपालले सन् २०१६ मा यू–१९ विश्वकप खेलेको थियो । युएईमा आयोजना हुने एशिया छनोट फागुन १२ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएई सहभागी हुनेछन् । प्रतियोगितामा शीर्ष स्थानमा हुने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण