शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा आज दुई खेल

बुधबार, १० फागुन २०७९, १४ : ११
बुधबार, १० फागुन २०७९

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले जर्मनक्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ । आरबी लाइपजिगको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै सिटी पहिलो लेगमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

प्रिमियर लिगमा पनि बलियो भएको अवस्थामा सिटी आजको खेलमा जित निकाल्दै यो पटक च्याम्पियन्स लिगमा आफूलाई बलियो सावित गर्ने योजनामा छ । यता लाईपजिग पनि आजको खेलमा जित निकाल्दै सिटीलाई चुनौती दिने योजनामा छ । घरेलु मैदानमा नै हुने खेलमा जित निकाल्दै सिटीको घरेलु मैदानमा हुने खेलमा आफूलाई तयार पार्ने योजनामा छ ।

च्याम्पियन्स लिग अन्तर्गत सोही समयमा हुने अर्काे खेलमा इटालियन क्लब इन्टर मिलानले र्पाेर्चुगिज क्लब पोर्टाेसँग खेल्दैछ । घरेलु मेदानमा हुने खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजना मिलानको हुनेछ । यता पोर्टाे आजको खेमला जित निकाल्ने योजनामा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप