च्याम्पियन्स लिगमा आज दुई खेल
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले जर्मनक्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ । आरबी लाइपजिगको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै सिटी पहिलो लेगमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
प्रिमियर लिगमा पनि बलियो भएको अवस्थामा सिटी आजको खेलमा जित निकाल्दै यो पटक च्याम्पियन्स लिगमा आफूलाई बलियो सावित गर्ने योजनामा छ । यता लाईपजिग पनि आजको खेलमा जित निकाल्दै सिटीलाई चुनौती दिने योजनामा छ । घरेलु मैदानमा नै हुने खेलमा जित निकाल्दै सिटीको घरेलु मैदानमा हुने खेलमा आफूलाई तयार पार्ने योजनामा छ ।
च्याम्पियन्स लिग अन्तर्गत सोही समयमा हुने अर्काे खेलमा इटालियन क्लब इन्टर मिलानले र्पाेर्चुगिज क्लब पोर्टाेसँग खेल्दैछ । घरेलु मेदानमा हुने खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजना मिलानको हुनेछ । यता पोर्टाे आजको खेमला जित निकाल्ने योजनामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण