शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुढानिलकण्ठबाट जुवातास खेलिरहेका नौ जना पक्राउ

बिहीबार, ११ फागुन २०७९, १४ : ३०
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४५ वर्षीय धनबहादुर मगरसमेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सापाटारस्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप