मेलम्चीबाट भागेको इटालियन ठेकेदार कम्पनीसँग मुद्दा लड्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर हिँडेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्ने निर्णय गरेको छ ।
विदेशी कानुन व्यवसायी राखेर विदेशी अदालतमा मुद्दा लड्ने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
२०७५ साल पुसमा सीएमसीले ठेक्का अनुसार काम पूरा नगरी इटली फर्किएको थियो भने माघमा सम्झौता तोडिएको थियो ।
सीएमसी कम्पनीले नेपाल सरकारले मेलम्ची खानेपानी आयोजनामा काम गरेको रकम नदिएको भनेर सिंगापुरमा रहेको सिंगापुर इन्टरनेश्नल आर्विटेशन सेन्टरमा मुद्दा दायर गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरको ठेक्कामा पछि विवाद भएमा कहाँ मुद्दा हाल्ने भनेर सम्झौतामै उल्लेख भए अनुसार सीएमसी र नेपाल सरकारबीच भएको सम्झौता अनुसार सिंगापुरमा रहेको सो निकायमा मुद्दा दायर गर्ने उल्लेख थियो । सो कम्पनीले नेपाल सरकारसँग झण्डै ७ अर्ब रुपैयाँ दाबी गर्दै मुद्दा दायर गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई जानकारी दिए ।
सो मुद्दाको डिफेन्ड गर्नका लागि मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय स्तरका कानुन व्यवसायी खोजेर मुद्दा लड्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण