सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
मेलम्ची

मेलम्चीबाट भागेको इटालियन ठेकेदार कम्पनीसँग मुद्दा लड्ने मन्त्रिपरिषद्को निर्णय

बिहीबार, ११ फागुन २०७९, १९ : ०६
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर हिँडेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्ने निर्णय गरेको छ ।

विदेशी कानुन व्यवसायी राखेर विदेशी अदालतमा मुद्दा लड्ने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

२०७५ साल पुसमा सीएमसीले ठेक्का अनुसार काम पूरा नगरी इटली फर्किएको थियो भने माघमा सम्झौता तोडिएको थियो ।

सीएमसी कम्पनीले नेपाल सरकारले मेलम्ची खानेपानी आयोजनामा काम गरेको रकम नदिएको भनेर सिंगापुरमा रहेको सिंगापुर इन्टरनेश्नल आर्विटेशन सेन्टरमा मुद्दा दायर गरेको छ । 

अन्तर्राष्ट्रिय स्तरको ठेक्कामा पछि विवाद भएमा कहाँ मुद्दा हाल्ने भनेर सम्झौतामै उल्लेख भए अनुसार सीएमसी र नेपाल सरकारबीच भएको सम्झौता अनुसार सिंगापुरमा रहेको सो निकायमा मुद्दा दायर गर्ने उल्लेख थियो । सो कम्पनीले नेपाल सरकारसँग झण्डै ७ अर्ब रुपैयाँ दाबी गर्दै मुद्दा दायर गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई जानकारी दिए । 

सो मुद्दाको डिफेन्ड गर्नका लागि मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय स्तरका कानुन व्यवसायी खोजेर मुद्दा लड्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप