उद्योग व्यापार संघ गोलबजारको अध्यक्षमा विजय साह निर्वाचित
सिरहा । उद्योग व्यापार संघ गोलबजारको अध्यक्षमा विजय साह निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अध्यक्षमा विजय साहले ९८१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जिवछ साहले ६३६ मत प्राप्त गरेका थिए ।
यस्तै प्रथम उपाध्यक्षमा राकेश कुमार साह ‘गुप्ता’ एक हजार ६३ मत सहित विजयी हुँदा प्रतिस्पर्धी अरविन्द कुमार सिंहले ५८८ मत प्रप्त गरे । द्वितीय उपाध्यक्षमा त्रिदेव कुमार साह एक हजार ३१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी विनोद कुमार साहले ६०८ मत प्राप्त गरे ।
त्यसैगरी, कोषाध्यक्षमा मोहम्मद एकवाल खाँ, सचिवमा राजदेव यादव, सहसचिवमा वीरेन्द्र सिंह निर्वाचित भएका छन् ।
उद्योग व्यापार संघ गोलबजारको नेतृत्व चयनका लागि बुधबार सम्पन्न निर्वाचनमा ९१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत प्रशान्त साहले जनाए । जम्मा एक हजार ८७० मतदातामध्ये एक हजार ६९९ मतदाता मतदानमा सहभागी भएको उनको भनाइ छ ।
मतगणना भने बिहीबार बिहान ८ बजेबाट सुरु भएको थियो । अध्यक्ष पदमा तीन जना, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा दुई–दुई जना उम्मेदवार थिए । उद्योग व्यापार संघका ९ जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण