कृषि प्राविधिक सिटौलाको सवारी दुर्घटनामा परी मृत्यु
विराटनगर । सवारी दुर्घटनामा परी कृषि प्राविधिक विशाल सिटौलाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक ३० वर्षीय सिटौला दमक नगरपालिका–४ कृष्णमन्दिर निवासी हुन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका १० पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डाँसखोला नजिक आज करिब साढे पाँच बजे सवारी दुर्घटना भएको थियो ।
उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
अफिसको काम सकेर मे ७ प ७५४२ नम्बरको मोटरसाइकलमा सवार सिटौलालाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मृत्यु भएको हो । पिकअपका चालक फरार रहेका छन् । उनको खोजी कार्य प्रहरीले तीव्र बनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण