आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, १२ फागुन २०७९, १० : ४२
काठमाडौँ । पछिल्लो समय निरन्तर घटिरहेको सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । महिनाको सुरुवातमा तोलामा १ लाख ४ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । यसैक्रममा आज पनि सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ लाख २ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।
महिनाको १२ दिनको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा १६ सय रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण