शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार बैठकमा निधिको इन्ट्री

शुक्रबार, १२ फागुन २०७९, १२ : २७
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । बालुवाटारमा चार दलको बैठक जारी रहेका बेला कांग्रेस नेता विमलेन्द्र निधिको इन्ट्री भएको छ । राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे कांग्रेस माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेता बिहान साढे ८ बजेबाट छलफलमा छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् । 

यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी छन् । उनीहरुबीच ३ घण्टादेखि  बैठक जारी रहेका बेला निधि पनि मिसिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप