बालुवाटार बैठकमा निधिको इन्ट्री
शुक्रबार, १२ फागुन २०७९, १२ : २७
काठमाडौँ । बालुवाटारमा चार दलको बैठक जारी रहेका बेला कांग्रेस नेता विमलेन्द्र निधिको इन्ट्री भएको छ । राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे कांग्रेस माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेता बिहान साढे ८ बजेबाट छलफलमा छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् ।
यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी छन् । उनीहरुबीच ३ घण्टादेखि बैठक जारी रहेका बेला निधि पनि मिसिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण