एमालेले देशैभरी यसकारण जित्यो
काठमाडौं–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको छ ।
पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवाफ रातोपाटीले खोज्ने प्रयास गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावल एमालेले जित्नुको कारणलाई यसरी उल्लेख गर्छन्ः
१ नेकपा एमाले राष्ट्रियताको पक्षमा,स्वाधीनताको पक्षमा र सामाजिक सदभावको पक्षमा उभिएको छ । उभिरहने छ । विकासको लागि देश भित्र भएका साधन स्रोतको उपयोग गरेर अब समृद्ध नेपाल एमालेले बनाउँछ भन्ने विश्वास जनतामा भएकाले ।
२. हिमाल,पहाड र मधेश बीचको एकता जनताले चाहेका छन् । केहि राजनीतिक दलहरुले सामाजिक सदभावलाई खलबल्याउन खोज्दा एमाले त्यसको विरुद्ध दह्रो गरि उभिएकाले ।
३. समाजको विभाजन एमालेले रोकेको छ । यसकारण पनि जनताले एमालेलाई चाहेका हुन् ।
४. एमाले संविधानमा भएको व्यवस्था अनुसार स्वतन्त्र र स्वाधीन परराष्ट्र निति अबलम्बन गर्ने पार्टी हो । यसकारण पनि आम नेपालीले एमालेलाई विश्वास गरेका हुन् ।
५ एमालेले सरकारमा हुँदा तथा बाहिर हुँदा दुबै छिमेकिसंग गरेको सन्तुलित परराष्ट्र नितिका कारण पनि हो ।
६. नेकपा एमाले यो देशमा सबै भन्दा बढी मजबुत संगठन भएको पार्टी हो । एमाले हरेक वडा वडामा छ । यसले पार्टीका विचार नितिहरुलाई आम जनतामा पुर्याउँछ । जनतालाई एमालेका निति विचार मन परेर भोट दिएका हुन् ।
सचिव प्रदिप ज्ञवाली भन्छन्ः
१. जनताले एमालेलाई देशको विकासको मार्गदर्शक देखेका छन् । देशको विकास गर्न नयाँ भिजन भएको पार्टी एमाले हो भनेर जनताले हामीलाई विश्वास गरेको कारण एमाले यति ठूलो पार्टी भएको हो ।
२. अहिले एमालेका लागि प्रतिकुल समय थियो । कयौ ठाँउमा त ७ वटा पार्टीहरु एमालेको विरुद्ध एक गठ भएका थिए । तर पनि एमाले जितेको छ । जनताले साथ दिँदा भएको हो ।
ज्ञवालीको नजरमा एमालेले कयौ ठाँउमा हार्नुको कारण यस्ता छन्
१ उम्मेदार प्रतिको असन्तुष्टिले पनि एमाले हारेको छ । कयौ ठाँउमा जसरी पार्टी जिताउन खट्नु पर्ने हो त्यसरी खटेको पाइएन ।
२ कयौ ठाँउमा सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिष्पर्धा गर्न नपाउँदा पनि आफुहरु हार्नु परेको छ ।
३. रुकुममा हामीहरुले स्वतन्त्र रुपमा प्रचार प्रसार गर्न पाएनौ । घर दैलो गर्न पाएनौ यो सन्र्दमा त्यहाँ लोकतन्त्र आएको कसरी भन्न सकिन्छ ? हामीले हार्नुमा प्रचार प्रसार गर्न नपाउनुको कारण हो ।
यसको मतलब माओवादीले जित्नु हुन्न भन्ने होइन । तर स्वस्थ प्रतिष्पर्धामा जसले जितेपनि हुन्छ । तर राज्य सत्ताको दुरुपयोग गरेर जित्नुलाई सहज रुपमा लिन सकिँदैन ।
एमाले यो भन्दा राम्रो गर्न सक्थ्यो तर आन्त्रिक कारणले पनि कमजोरी भए । एमालेले आफ्ना सबै कमिटिहरुलाई जित्नुका चार कारण र हार्नुको चार कारण लेखेर केन्द्रमा पठाउन पनि निर्देशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण