आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा रुपन्देहीमा दुई जनाको मृत्यु

शुक्रबार, १२ फागुन २०७९, १६ : १६
शुक्रबार, १२ फागुन २०७९

रुपन्देही । रुपन्देहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका(३ सखुवानीस्थित सडकमा मनकामना इँटाभट्टाबाट सखुवानी मन्दिरतर्फ जाँदै गरेको लु.३ त ७३७८ नम्बरको ट्याक्टरबाट लडेर सियारी गाउँपालिका-७ चपरिटोल बस्ने २३ वर्षीय लक्ष्मण केवटको बिहीबार राति मृत्यु भएको हो । 
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी रुपन्देही, मायादेवी गाउँपालिका(४ सेमरी चोकमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.३८ प ६८६० नम्बरको मोटरसाइकललाई लु.१ च ५७८६ नम्बरको पिकअपले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मायादेवी गाउँपालिका-४ मोतिपुर बस्ने ३० वर्षीय श्याम नारायण पालको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप