शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

लोसपालाई बालुवाटारमा प्रधानमन्त्रीको निम्तो

नागरिक उन्मुक्तिले महन्थलाई सघाउने
शुक्रबार, १२ फागुन २०७९, १६ : २०
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । शुक्रबार बिहान बालुवाटारमा बसेको चार दलको बैठकले पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउने सहमति गरेसँगै सो गठबन्धनमा  लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि सहभागी गराउने तयारी गरिएको छ । शुक्रबार साँझ बस्ने काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको बैठकमा लोसपालाई पनि निम्ता गरिएको हो । 

राष्ट्रपतिमा आफै दाबी गर्दै आएको लोसपालाई बालुवाटारमा बोलाएपछि पार्टीले बैठकमा आफ्नो प्रस्ताव राख्ने तयारी गरेको छ । यद्यपि बिहान बसेको चार दलको बैठकमा काँग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने लगभग सहमति भइसकेको छ । त्यसैलाई अन्तिम रूपमा दिन साँझ पाँच बजे बैठक बस्न लागेको हो । 

सो बैठकमा लोसपाले आफ्नो धारणा राख्ने लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । उनले भने, ‘मिडियामार्फत हामीले पनिराष्ट्रपतिमा सहमति भइसकेको भनेर सुनेका छौँ । तर त्यसको आधिकारिक जानकारी हामी कहाँ आइपुगेको छैन । प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाउनु भएको छ, त्यहाँ हाम्रो आफ्नो कुरा पनि राख्छौँ ।’ 

बालुवाटारको बैठकपछि मात्र लोसपाले राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा आफ्नो धारणा स्पष्ट गर्ने उनले बताए । लोसपा स्रोतका अनुसार राष्ट्रपतिका लागि नागरिक उन्मुक्ति पार्टीले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित सहमति जनाइसकेको छ । उन्मुक्ति पार्टीले लोसपाका अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा सहमति गर्ने भनेर लिखित पत्र नै पठाएको स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप