लोसपालाई बालुवाटारमा प्रधानमन्त्रीको निम्तो
काठमाडौँ । शुक्रबार बिहान बालुवाटारमा बसेको चार दलको बैठकले पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउने सहमति गरेसँगै सो गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि सहभागी गराउने तयारी गरिएको छ । शुक्रबार साँझ बस्ने काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको बैठकमा लोसपालाई पनि निम्ता गरिएको हो ।
राष्ट्रपतिमा आफै दाबी गर्दै आएको लोसपालाई बालुवाटारमा बोलाएपछि पार्टीले बैठकमा आफ्नो प्रस्ताव राख्ने तयारी गरेको छ । यद्यपि बिहान बसेको चार दलको बैठकमा काँग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने लगभग सहमति भइसकेको छ । त्यसैलाई अन्तिम रूपमा दिन साँझ पाँच बजे बैठक बस्न लागेको हो ।
सो बैठकमा लोसपाले आफ्नो धारणा राख्ने लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । उनले भने, ‘मिडियामार्फत हामीले पनिराष्ट्रपतिमा सहमति भइसकेको भनेर सुनेका छौँ । तर त्यसको आधिकारिक जानकारी हामी कहाँ आइपुगेको छैन । प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाउनु भएको छ, त्यहाँ हाम्रो आफ्नो कुरा पनि राख्छौँ ।’
बालुवाटारको बैठकपछि मात्र लोसपाले राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा आफ्नो धारणा स्पष्ट गर्ने उनले बताए । लोसपा स्रोतका अनुसार राष्ट्रपतिका लागि नागरिक उन्मुक्ति पार्टीले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित सहमति जनाइसकेको छ । उन्मुक्ति पार्टीले लोसपाका अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा सहमति गर्ने भनेर लिखित पत्र नै पठाएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण