शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले रास्वपा र राप्रपासँग पनि छलफल गर्ने

शुक्रबार, १२ फागुन २०७९, २० : ०८
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनका लागि सरकारमा रहेका दलहरूसँग पुनः छलफल गर्ने बताएका छन् ।

बालुवाटारमा जारी कांग्रेस, माओवादी, जसपा, लोसपा, जनमत लगायतका पार्टीहरूबीच भइरहेको छलफलका क्रममा प्रधानमन्त्रीले राष्ट्रपतिमा सर्वसम्मति जुटाउनका लागि सो बैठकमा सहभागी नभएका दलहरू रास्वपा र राप्रपासँग छलफल गर्ने बताएको उल्लेख गरेका छन् । 

रातोपाटीसँग कुरा गर्दै मन्त्री खानले राष्ट्रपतिको बारेमा दलका नेताहरूले आफ्नो धारणा राख्ने र सुन्ने काम भएको उल्लेख गर्दै यसलाई नै राष्ट्रपति बनाउने भन्नेबारे सहमति भइनसकेको दाबी गरे । 

उनले सो छलफलमा  राष्ट्रपति तथा उपराष्ट्रपति लागि कांग्रेस, जसपा, लोसपाले आफ्नो रुचि रहेको विषय राखेको बताउँदै निर्णयका लागि छलफल जारी रहेको बताए । उनले भने,'राष्ट्रपति ठूलो दललाई दिने भन्नेबारेमा एकचरणमा कुरा भएको छ तर यसबारेमा निर्णय आइसकेको छैन । गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल चलिरहेको छ ।'

बालुवाटार बैठकमा सहभागी दलहरूबीच कांग्रेसलाई राष्ट्रपति दिने सहमति जुटेपनि गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने छलफल जारी रहेको छ ।

यता, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले वृहत्तर सहमतिका लागि प्रधानमन्त्री प्रचण्डले हाल सरकारमा रहेका रास्वपा र राप्रपासँग छलफल गर्ने रातोपाटीलाई बताए । ‘प्रधानमन्त्रीले यसअघि नै भन्दै आउनुभएको राष्ट्रिय सहमतिका लागि हाल सरकारमा रहेका दलसँग पनि कुराकानी गर्ने भन्नुभएको छ । भोलि बिहान दुई दलसँग कुराकानी हुन्छ,’ शर्माले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप