बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनद्वारा अमेरिकालाई आधिपत्यभाव त्याग्न आग्रह

शुक्रबार, १२ फागुन २०७९, २१ : ०१
शुक्रबार, १२ फागुन २०७९

बेइजिङ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिका सत्य कुरा सुन्न अभ्यस्त नभएको र अझै पनि आफ्ना समस्याहरूको सामना गर्न इच्छुक नरहेको टिप्पणी गरेका छन्  ।

चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले चिनियाँ पक्षले जारी गरेको अमेरिका–सम्बन्धित प्रतिवेदनका सम्बन्धमा गरेको ट्वीटको जवाफमा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।

प्रवक्ता वाङले उक्त प्रतिवेदनले सत्य बोल्ने र विश्वसामु अमेरिकी आधिपत्यवादी व्यवहारलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नेबाहेक अरु केही नभएको बताएका छन् । साथै अमेरिकाले वर्चस्व लाद्ने वा धम्कीपूर्ण व्यवहार गर्न खोज्नबाट अलग रहनुपर्छ र अन्य देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्छ र शान्तिपूर्ण सहअस्तित्वको बाटो खोज्नुपर्छ, प्रतवक्ताले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप