राष्ट्रपतिमा मेरो चर्चा हुनु स्वाभाविक : सिटौला
शनिबार, १३ फागुन २०७९, ११ : ५२

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपति पदका लागि आफ्नो नाममा चर्चा हुन स्वाभाविक भए पनि आजको बैठकले रामचन्द्र पौडेलको नाम सर्वसम्मत रूपमा पारित गरेको बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मेरो नाममा पनि चर्चा भएको थियो । चर्चा हुनु स्वाभाविक पनि थियो । तर आज हामीले सर्वसम्मत रूपमा राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाम पारित गरेका छौँ । सभापतिले उहाँको नाम प्रस्ताव गरेपछि कुनै डिस्कसन नै भएन ।’
उनले पौडेललाई आठ दलले समर्थन गर्ने बताउँदै उनको जीत सुनिश्चित गरेको बताए । उनले पौडेललाई सबैले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)