राष्ट्रपतिमा मेरो चर्चा हुनु स्वाभाविक : सिटौला
शनिबार, १३ फागुन २०७९, ११ : ५२
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपति पदका लागि आफ्नो नाममा चर्चा हुन स्वाभाविक भए पनि आजको बैठकले रामचन्द्र पौडेलको नाम सर्वसम्मत रूपमा पारित गरेको बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मेरो नाममा पनि चर्चा भएको थियो । चर्चा हुनु स्वाभाविक पनि थियो । तर आज हामीले सर्वसम्मत रूपमा राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाम पारित गरेका छौँ । सभापतिले उहाँको नाम प्रस्ताव गरेपछि कुनै डिस्कसन नै भएन ।’
उनले पौडेललाई आठ दलले समर्थन गर्ने बताउँदै उनको जीत सुनिश्चित गरेको बताए । उनले पौडेललाई सबैले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण