शान्ति समाजको सल्लाहकारमा खनाल र पुडासैनी, केन्द्रीय सदस्य पनि मनोनीत
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको सल्लाहकारमा निवर्तमान सभापति गोविन्द खनाल र पूर्व सभापति उत्तम पुडासैनीलाई नियुक्त भएका छन् । समाजको गुन १२ गते स्याङ्जामा बसेको केन्द्रीय समितिको बैठकले थप ६ जना केन्द्रीय समिति सदस्य पनि मनोनित गरेको छ ।
समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न बैठकले अरुण ज्ञवाली (पाल्पा), अनुजा सैजु (कास्की), निर्मला गुरुङ (संखुवासभा), ज्योति बाल्मिकी (बाँके), प्रतिमा महतो (महोत्तरी), र दिवाकर पुडासैनी (काठमाडौँ)लाई मनोनित गरेको हो ।
साथै अनुशासन समितिको संयोजकमा समाजका पूर्व सचिव विकास थापा (मोरङ) र सदस्यहरुमा पूर्व केन्द्रीय सदस्यद्वय सरस्वती ढकाल र दिलबहादुर कार्की (कपिलवस्तु)लाई तथा सदस्यता अपिल समितिको संयोजकमा मदनबहादुर कुँवर (अछाम) र सदस्यहरुमा भवानी अधिकारी (स्याङ्जा) तथा सिताराम कोइराला (सुनसरी)लाई नियुक्ति गरेको छ ।
बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस लगायत असारसम्म मनाइने ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसमा कार्यक्रम आयोजनाका लागि संयोजनको जिम्मेवारी समेत तोकेको छ ।
महासचिव रेनुका पौडेलका अनुसार समाजको १५४ औँ केन्द्रीय कार्यसमिति बैठकको सेरोफेरोमा फागुन १२ गते पुतलीबजारमा स्याङ्जा शाखा सभापति हरि रेग्मीको सभापतित्वमा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै सोही राति शान्ति काव्य प्रवाह, १३ गते बिहान पुतलीबजारमा वृक्षरोपण र सांकेतिक रुपमा आँधीखोला नदी सफाई पनि गरिएको थियो । यसैगरी स्याङ्जा पुतलीबजार १४ स्थित पाणिनि आश्रम संस्कृत गुरुकुलमलाई शान्ति समाजका तर्फबाट रु २५ हजार नगद सहयोग प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण