शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टर्की भूकम्प :  भवन भत्किएपछि ६०० भन्दा बढी ठेकेदार र मालिकको खोजी, थुप्रै पक्राउ

आइतबार, १४ फागुन २०७९, १५ : ०२
आइतबार, १४ फागुन २०७९

टर्की सरकारले फेब्रुअरी ६ मा आएको भूकम्पमा भत्किएका भवनहरूका लागि अहिले ६०० भन्दा बढी व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। न्याय मन्त्री बेकिर बोजडागले शनिबार भवन निर्माण ठेकेदार र मालिकहरू सहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको जानकारी दिए ।

वर्षौँदेखि विशेषज्ञले भ्रष्टाचार र सरकारी नितिका कारण थुप्रै नयाँ भवन असुरक्षित भएको चेतावनी दिँदै आएका थिए तर यसमाथि ध्यान दिइएन । टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

दुई हप्ता अघि, अधिकारीहरूले भने कि उनीहरूले त्यस्ता व्यक्तिहरू विरुद्ध ११३ गिरफ्तारी वारेन्ट जारी गरेका छन् । टर्कीका मिडियाका अनुसार पक्राउ पर्नेमा एक सहरका मेयर पनि छन् ।

यो त्यो शहर हो जुन सबैभन्दा बढी भूकम्प प्रभावित इलाकाको नजिक छ ।  भूकम्पपछि टर्कीमा १६ हजारभन्दा बढी भवन भत्किएका छन् ।

यस्तै, विपक्षी पार्टी र निर्माण विज्ञले राष्ट्रपति रेचेप तैय्यप सरकारले नियम खुकुलो पारेको आरोप लगाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप