टर्की भूकम्प : भवन भत्किएपछि ६०० भन्दा बढी ठेकेदार र मालिकको खोजी, थुप्रै पक्राउ
टर्की सरकारले फेब्रुअरी ६ मा आएको भूकम्पमा भत्किएका भवनहरूका लागि अहिले ६०० भन्दा बढी व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। न्याय मन्त्री बेकिर बोजडागले शनिबार भवन निर्माण ठेकेदार र मालिकहरू सहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको जानकारी दिए ।
वर्षौँदेखि विशेषज्ञले भ्रष्टाचार र सरकारी नितिका कारण थुप्रै नयाँ भवन असुरक्षित भएको चेतावनी दिँदै आएका थिए तर यसमाथि ध्यान दिइएन । टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
दुई हप्ता अघि, अधिकारीहरूले भने कि उनीहरूले त्यस्ता व्यक्तिहरू विरुद्ध ११३ गिरफ्तारी वारेन्ट जारी गरेका छन् । टर्कीका मिडियाका अनुसार पक्राउ पर्नेमा एक सहरका मेयर पनि छन् ।
यो त्यो शहर हो जुन सबैभन्दा बढी भूकम्प प्रभावित इलाकाको नजिक छ । भूकम्पपछि टर्कीमा १६ हजारभन्दा बढी भवन भत्किएका छन् ।
यस्तै, विपक्षी पार्टी र निर्माण विज्ञले राष्ट्रपति रेचेप तैय्यप सरकारले नियम खुकुलो पारेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण