शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सत्ताको खेलले मुलुक अस्थिरता तर्फ : कमल थापा

आइतबार, १४ फागुन २०७९, १५ : १९
आइतबार, १४ फागुन २०७९

 काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् ।  "चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ?" उनले प्रश्न गरेका छन् ।

 थापाले जनतामा वितृष्णा मात्र नभई दल र नेताहरू प्रति घृणा उत्पन्न भएको समेत जिकिर गरे । काठमाडौँमा आज पार्टी सम्बद्ध भातृ सङ्गठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रूपमा देखिएका राजनीतिक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको जिकिर गरे । 

 कार्यक्रममा पार्टीका महामन्त्री द्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनबर्गीय सङ्गठनको क्रियाशीलता र भावी कार्यक्रम बारे बोलेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप