सत्ताको खेलले मुलुक अस्थिरता तर्फ : कमल थापा
आइतबार, १४ फागुन २०७९, १५ : १९
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् । "चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ?" उनले प्रश्न गरेका छन् ।
थापाले जनतामा वितृष्णा मात्र नभई दल र नेताहरू प्रति घृणा उत्पन्न भएको समेत जिकिर गरे । काठमाडौँमा आज पार्टी सम्बद्ध भातृ सङ्गठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रूपमा देखिएका राजनीतिक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको जिकिर गरे ।
कार्यक्रममा पार्टीका महामन्त्री द्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनबर्गीय सङ्गठनको क्रियाशीलता र भावी कार्यक्रम बारे बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण