नाबालिगको तस्बिरमा अश्लील तस्बिर जोड्ने युवक पक्राउ
काठमाडौँ । एक नाबालिगको तस्बिरमा अश्लील तस्बिरहरू जोडेर हैरान पार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका वडा नं ४ का २७ वर्षीय मुगाधन श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्बिर महिलाको राखेर ती नाबालिगलाई साथी बन्न अनुरोध पठाएका थिए ।नाबालिगले कोही माहिला साथी होला भनी अनुरोध स्वीकार गरी वार्तालाप गरेकी थिइन् । तर वार्तालापको क्रममा नाबालिगको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गरी सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जर मार्फत पठाउन थालेका थिए ।
नाबालिगले सो कुरा अभिभावकलाई बताएपछि उनीहरूले अनुसन्धानको लागि साइबार ब्युरोमा निवेदन दिएका थिए । निवेदनपछि ब्युरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण