धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार
सोमबार, १५ फागुन २०७९, ०९ : ५५
जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएको छ । जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैलाई लग्ने क्रममा थुनुवा फरार भएको हो ।
बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका–१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् । मुखिया यदुकोहाबाट फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । एक प्रहरी अधिकारीका अनुसार थुनुवा मुखिया कमला नहरमा हाम फालेर भागेका छन् । प्रहरीले लखेटे पनि समात्न सकेनन् । रातभर जिल्लाभरका प्रहरी उनको खोजी गरे पनि फेला पर्न नसकेको बुझिएको छ ।
यस अघि धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर ६ थुनुवा फरार भएका थिए । त्यसमध्ये २ जना अझै पक्राउ परेका छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण