एनआरएनको संशोधित विधान परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को संशोधित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीका अनुसार मन्त्रालयको गत शुक्रवार बसेको मन्त्रीस्तरीय निर्णयबाट सो विधान स्वीकृत गरिएको हो ।
संघको गत अक्टोवर दोस्रो सातामा सम्पन्न संघको वार्षिक अधिवेशनले सो विधानलाई सर्वसम्मतले संशोधन गरेको थियो ।
संघका अनुसार संशोधित विधान मन्त्रालयले प्रमाणीकरण गरे पछि स्वतः लागू भएको छ ।
संशोधित विधानमा एमआईएस प्रणाली र फेसभेरिफिकेशन अनिवार्य, महाधिवेशन प्रतिनिधि संख्या लगायतका विषयहरु समावेश गरिएको विधान समितिका संयोजक डा हेमराज शर्माले जानकारी दिए ।
मन्त्रालयले संशोधित विधानलाई स्वीकृति दिएपछि आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनको लागि आवश्यक निर्वाचनका सबै प्रकृयाहरु अघि बढ्ने संघका समाचार संयोजक चिरन शर्माको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण