एनआरएनको संशोधित विधान परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को संशोधित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीका अनुसार मन्त्रालयको गत शुक्रवार बसेको मन्त्रीस्तरीय निर्णयबाट सो विधान स्वीकृत गरिएको हो ।
संघको गत अक्टोवर दोस्रो सातामा सम्पन्न संघको वार्षिक अधिवेशनले सो विधानलाई सर्वसम्मतले संशोधन गरेको थियो ।
संघका अनुसार संशोधित विधान मन्त्रालयले प्रमाणीकरण गरे पछि स्वतः लागू भएको छ ।
संशोधित विधानमा एमआईएस प्रणाली र फेसभेरिफिकेशन अनिवार्य, महाधिवेशन प्रतिनिधि संख्या लगायतका विषयहरु समावेश गरिएको विधान समितिका संयोजक डा हेमराज शर्माले जानकारी दिए ।
मन्त्रालयले संशोधित विधानलाई स्वीकृति दिएपछि आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनको लागि आवश्यक निर्वाचनका सबै प्रकृयाहरु अघि बढ्ने संघका समाचार संयोजक चिरन शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : डा महत
-
नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै
-
अर्थमन्त्रीपिच्छे थपिए नयाँ सहर, ८ अर्ब बजेट सकियो
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ