आइल अफ म्यानले बनायो टी–२० मा सबैभन्दा कम रनको कीर्तिमान, १० रनमा अलआउट
सोमबार, १५ फागुन २०७९, १४ : ३५
मड्रिड । टी–२० क्रिकेटमा सबैभन्दा कम रनको कीर्तिमान बनेको छ । आइतबार आइल अफ म्यान स्पेनविरुद्ध मात्र १० रनमा अलआउट बन्न पुगेको हो । स्पेन सो लक्ष्य मात्र दुई बलमा पछ्याउँदै १० विकेटको जीत हासिल गर्यो ।
यही वर्ष अस्ट्रेलियाको बिग ब्यास लिगमा सिड्नी थन्डर एडिलेड स्ट्राइकर्सविरुद्ध ५.५ ओभरमा अलआउट भएको थियो । यसअघि सो कीर्तिमान टर्कीको नाममा थियो । टर्की सन् २०१९ मा चेक रिपब्लिकविरुद्ध २१ रन अलआउट भएको थियो ।
स्पेनविरुद्धको खेलमा म्यान अफ आयलका ७ खेलाडी शून्य रनमा आउट भएका थिए । जोसेफ बरोजले बनाएको ४ रन कुनै पनि खेलाडीले बनाएको सबैभन्दा ठूलो योगफल थियो । स्पेनका लागि मोहमद कामरान र आतिफ मेहमुदले ४–४ विकेट लिए भने लोर्न बर्नस्ले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको स्पेनका लागि अवाइस अहमदले २ छक्का हिर्काए भने एउटा बल नो बल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण