शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइल अफ म्यानले बनायो टी–२० मा सबैभन्दा कम रनको कीर्तिमान, १० रनमा अलआउट

सोमबार, १५ फागुन २०७९, १४ : ३५
सोमबार, १५ फागुन २०७९

मड्रिड । टी–२० क्रिकेटमा सबैभन्दा कम रनको कीर्तिमान बनेको छ । आइतबार आइल अफ म्यान स्पेनविरुद्ध मात्र १० रनमा अलआउट बन्न पुगेको हो । स्पेन सो लक्ष्य मात्र दुई बलमा पछ्याउँदै १० विकेटको जीत हासिल गर्‍यो । 

यही वर्ष अस्ट्रेलियाको बिग ब्यास लिगमा सिड्नी थन्डर एडिलेड स्ट्राइकर्सविरुद्ध ५.५ ओभरमा अलआउट भएको थियो । यसअघि सो कीर्तिमान टर्कीको नाममा थियो । टर्की सन् २०१९ मा चेक रिपब्लिकविरुद्ध २१ रन अलआउट भएको थियो ।

स्पेनविरुद्धको खेलमा म्यान अफ आयलका ७ खेलाडी शून्य रनमा आउट भएका थिए । जोसेफ बरोजले बनाएको ४ रन कुनै पनि खेलाडीले बनाएको सबैभन्दा ठूलो योगफल थियो । स्पेनका लागि मोहमद कामरान र आतिफ मेहमुदले ४–४ विकेट लिए भने लोर्न बर्नस्ले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको स्पेनका लागि अवाइस अहमदले २ छक्का हिर्काए भने एउटा बल नो बल भएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप