शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ र सुर्खेतमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

सोमबार, १५ फागुन २०७९, १७ : ३३
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । सोमबार मोरङ र सुर्खेतमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको बुढीगंगा गाउँपालिका– ४ मा भएको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।  बा.६३ प ७२७ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा उनको मृत्यु भएको हो । मृतकको पहिचान खुलिनसकेको प्रहरीको भनाई छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सोमबारै सुर्खेतमा मिनिट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० घुस्रामा भे.१ ख १५२८ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ बस्ने ४२ वर्षीय कृष्ण चौधरीको  मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप