मोरङ र सुर्खेतमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौँ । सोमबार मोरङ र सुर्खेतमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको बुढीगंगा गाउँपालिका– ४ मा भएको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । बा.६३ प ७२७ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा उनको मृत्यु भएको हो । मृतकको पहिचान खुलिनसकेको प्रहरीको भनाई छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सोमबारै सुर्खेतमा मिनिट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० घुस्रामा भे.१ ख १५२८ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ बस्ने ४२ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
-
केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण