होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको नेतृत्वमा ५ जना आकांक्षी
काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ । बुधबार मकवानपुरको चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो ।
संघको भावी नेतृत्व सर्वसम्मतिमा नै चयन गर्ने तयारी रहेपनि हालसम्म चार जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् । संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार (भालु) श्रेष्ठले अध्यक्षमा लड्ने घोषणा गरेका छन् ।
यसैगरी वर्तमान् कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, उपाध्यक्ष निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा चासो देखाएका छन् । अन्य पदाधिकारी र सदस्यहरुमा भने अहिलेसम्म कसैको पनि उमेदवारी दाबी घोषणा भएको छैन ।
प्रारम्भिक रुपमा अध्यक्षमा पाँच जनाले आकांक्षा देखाए पनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।
‘संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा देखाउनु भएको छ । तर निर्वाचन हुँदैन, हामी अधिकतम गृहकार्य गरेर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्छौ’ उप्रेतीले भने ।
उसो त वर्तमान कार्यसमिति सर्वसम्मतिमा नै चयन भएकाले भावि नेतृत्व पनि सर्वसम्मतमा नै चयन गर्नेगरी सहमति जुटाइने उप्रेतीले बताए ।
३ वर्षे कार्यविधि हुने संघको नेतृत्वमा २३ जना सदस्य रहने छ । २० जना प्रत्यक्ष चयन भएर बाँकी ३ जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनीत गर्ने संघको विधानमा व्यवस्था छ ।
संघको वर्तमान अध्यक्ष उप्रेती आफ्नो ३ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् । उसो त उप्रेती यसअघि नै होटल तथा पर्यटन व्यवसायी महासंघको पर्यटन तर्फको उपाध्यक्षमा चयन भइसकेका छन् । कोभिड–१९ का कारण झण्डै साढे ३ वर्ष संघको नेतृत्व हाँकेका उप्रेतीले आफ्नो कार्यकालमा संघमा आवद्ध व्यवसायीहरूलाई व्यावसायिक सहजीकरणका लागि राज्यसँग सहुलियतपूर्ण कर्जाको प्रबन्ध गर्नेदेखि व्यावसायिक भाडा छुट तथा राहतको व्यवस्था गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण