नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
मङ्गलबार, १६ फागुन २०७९, १७ : ४७
नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनपाती घर भई हाल भक्तपुर बस्दै आएका नवीन मानन्धर रहेका छन् ।
उनले केही व्यक्तिहरूले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा उनलाई सोमबार पेला पारेर खानतलासी गर्दा नक्कली लाइसेन्स बरामद भएको थियो । उनलाई मङ्गलवार लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण