बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बैठक छोडेर सांसदहरू बाहिरिने गरेकोप्रति उपसभामुखको असन्तुष्टि

मङ्गलबार, १६ फागुन २०७९, १८ : ३५
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । 

मंगलबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरू प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले बैठकमा खालि सिट देख्दा देखिन थालेको बताइन् ।

उनले प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन् । उनले आफूले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन् । उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गरिन् । उपसभामुख रानाले संसदमा जनताका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन् ।  

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन् ।   आफू उपसभामुखको रूपमा काठमाडौँमा मात्र नबसी जनताका कुराहरू सुन्न जिल्ला–जिल्लामा पुग्ने उनले उल्लेख गरिन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप