बैठक छोडेर सांसदहरू बाहिरिने गरेकोप्रति उपसभामुखको असन्तुष्टि
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरू प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले बैठकमा खालि सिट देख्दा देखिन थालेको बताइन् ।
उनले प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन् । उनले आफूले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन् । उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गरिन् । उपसभामुख रानाले संसदमा जनताका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन् ।
उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन् । आफू उपसभामुखको रूपमा काठमाडौँमा मात्र नबसी जनताका कुराहरू सुन्न जिल्ला–जिल्लामा पुग्ने उनले उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण