शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज देशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

बुधबार, १७ फागुन २०७९, ०६ : ०१
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको  छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप