एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । यही व्यवस्थाअन्तर्गत आज १ तारिखमा नयाँ मूल्यसूची आएको हो ।
नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । जबकि, निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आइरहेको छ ।
यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ ।
एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ आसपास नाफा हुने देखिएको छ ।
एलपीजी ग्यासको घाटा मात्रै १५ दिनमा ९३ करोड रुपैयाँ हुने निगमले जनाएको छ । यो घाटालाई अन्य पेट्रोलियम पदार्थको मूल्यले कभर गरेपछि १५ दिनमा ४० करोड नाफा हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण