बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
प्रदेश

प्रदेश १ : प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित

बुधबार, १७ फागुन २०७९, १८ : ५७
बुधबार, १७ फागुन २०७९

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । नेकपा एमालेले राखेको कोशी प्रदेशमा संशोधनका लागि बैठक २ घण्टा स्थगित गरिएको हो । 

पहिलो बैठकमा प्रदेशको नाम कोशी प्रस्ताव पारित भएर छलफलको चरण सकिएको छ ।

प्रदेशसभाको बैठकमा नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात लिम्बुवान सगरमाथाको प्रस्ताव भने प्रदेशसभाले अस्वीकृत गरेको थियो । 

एमालेले दर्ता गराएको कोशी प्रदेशमा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाका सांसदले समर्थन जनाएका छन् ।  दुई घण्टापछि बस्ने बैठकमा मत विभाजन हुनेछ । मत विभाजन गर्दा दुईतिहाई मत प्राप्त भए सोही नाम प्रदेशले पाउनेछ । 

दुईतिहाई मतका लागि ६३ मत आवश्यक पर्छ । कोशी प्रस्ताव गर्ने र सहमति जनाउने दलहरूको एमाले, कांग्रेस, माओवादी र राप्रपाको गरी ७८ मत हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप