सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, १८ फागुन २०७९, १२ : ४६
तनहुँ । सवारी ज्यान मुद्दाका फरार रहेका एक पुरुष पक्राउ परेका छन् । गोरखा सहिद लखन गाउँपालिका-३ घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट बस्ने ३३ वर्षीय नवीन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत तनहुँको २०७८ पुस २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको टोलीले आँबुखैरेनी गाउँपालिका -४ मुग्लिङ पुलजिपबाट पक्राउ गरेको प्रहरीले जानकारी दिइएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दमौली तनहुँमा दाखिला गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण