बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

गठबन्धनसँग रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्री, टिकापुरलाई जिल्ला घोषणा

बिहीबार, १८ फागुन २०७९, २२ : ३१
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आठ दलीय गठबन्धनभित्र ८ वटा माग अगाडि सारेको छ । (नाउपा)का संरक्षक रेशम चौधरीले गठबन्धनसामु ८ वटा माग अगाडि सारेका हुन् ।

आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार बिहान रेशम चौधरीलाई भेटेका थिए । रेशमलाई डिल्लीबजार कारागारमा पुगेका पौडेलसमक्ष उनले ८ वटा माग राखेका नउपाका एक नेताले रातोपाटीलाई बताए ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ । नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ । सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश नराख्नु पर्ने रेशमको माग छ । नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ ।

यस्तै सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उनको माग छ । प्रदेशसभाको विगतको कार्यकालमा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने गरी प्रदेशसभाबाट पारित भएको थियो ।

यस्तै कैलालीको टीकारपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न माग रेशमले माग अगाडि सारेका छ । आठ दलीय गठबन्धनमा केन्द्रमा उपप्रधानसहित सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री माग चाहिने उनको माग छ । रेशमले सरकारमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पठाउने सोच बनाएको पाइन्छ । रञ्जिता रेशमकी श्रीमती पनि हुन् । 

ती नेताका अनुसार लुम्बिनीमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री नाउपाले दाबी गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप