राष्ट्रिय सहमति स्वीकार गर्न नसकेपछि केपी ओली बाहिरिए : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष राष्ट्रिय सहमति स्वीकार गर्न नसकेपछि सरकारबाट बाहिरिएको बताएका छन् । बिहिबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न ओलीले नमानेको बताए ।
‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्नेमा जोड थियो । सभामुख एमालेको भयो । उपसभामुख रास्वपाको भइसक्यो । प्रधानमन्त्री माओवादीबाट म आफैं छु’ प्रचण्डको भनाई उदृत गर्दै माओवादीका एक सांसदले भने, ‘राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गरेर राष्ट्रिय सहमति कायम गरौं भन्ने प्रस्ताव गरेँ उहाँ मान्न तयार हुनुभएन बाहिरिनुभयो ।’
सबै दलको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय सहमति गर्न केपी ओली तयार नभएपछि पुरानो गठबन्धन भत्किएको प्रचण्डले ब्रिफिङ गराएका थिए । अहिलेको गठबन्धन संविधान, संसद र व्यवस्थाको रक्षाका निम्ति बनाएको प्रचण्डले बताए । उनले अब राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन सबै सांसदलाई आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण