दुर्गा प्रसाईंको धम्कीप्रति बैंक तथा वित्तीय संस्थाहरूको आपत्ति
काठमाडौँ । पछिल्लो समय केही व्यक्तिहरूले बैंक र वित्तीय तथा लघुवित्त संस्थाहरू विरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा तथा कर्मचारीहरु हतोत्साही हुने गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरू र अराजक व्यवहार गरेको भन्दै नेपाल बैंकर्स संघलगायत संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बैंकर्स संघसहित, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि विरोधको आडमा जबर्जस्ती कानुन आफ्नो हातमा लिई हुने अराजक घट्नालाई समयमै नियन्त्रण गर्न माग समेत गरेको छ ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंक र वित्तीय तथा लघुवित्त संस्थाहरूको आफ्ना ग्राहकहरूसँग रही आएको सुमधुर सम्बन्धलाई एकाध नकारात्मक क्रियाकलापले बिथोल्न नसक्नेमा हामी स्पष्ट छौँ । कुनै पनि बैंक रवित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रूपमा कर्जाको साँवा रकिस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन । विभिन्न सर्तहरूको अधीनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलापहरू कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्न सक्ने हुनाले यसप्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौँ ।’
बैंक र वित्तीय तथा लघुवित्त संस्थाहरू नियामक निकायद्वारा जारी गरिएको नीति र निर्देशन तथा विभिन्न ऐनको अधीनमा रही बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र आफ्ना ग्राहकहरूको हक–हित तर्फ सदैव सचेत रहने हुनाले कानुन विपरीत कुनै पनि गतिविधिहरू नगर्न र केही समस्या भएको खण्डमा सम्बन्धित संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुने समेत संघले सुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण