आज कोसी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
शुक्रबार, १९ फागुन २०७९, ०६ : ३१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसीका पहाडी भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण