कर्णालीमा अब आफ्नै प्रयोगशाला
सुर्खेत । कर्णाली प्रदेशमा प्रयोगशाला स्थापना भएको छ । सरकारले शुक्रबारदेखि उक्त प्रयोगशाला संचालनमा आएको छ । प्रयोगशाला संचालनमा आएसँगै अब रोगको परीक्षण बाहिर पठाउनुपर्ने बाध्यताका अन्त्य भएको छ। विगतमा प्रयोगशाला नहुँदा प्रदेश बाहिर कुनैपनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था थियो ।
आज प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन्।
मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए । उनले भने, ‘प्रयोगशाला संचालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने छ । प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा पनि विकास गर्न लागिएको छ ।’ प्रयोगशाला निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्य सम्बन्धि रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए ।
प्रयोगशालामा नौ जना प्राविधिकहरुको दरबन्दी भएपनि हाल तीनजना मात्रै पूर्ति भएको छ । अन्य गरी कूल १६ जना जनशक्ति छन् । प्रयोगशालाका ल्याव टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए ।
उनले भने, ‘प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने छ ।’
दुर्गम तथा पिछडिएको क्षेत्रको जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण